शिक्षण अस्पताल पुगेर राष्ट्रपति भण्डारीले गरिन् स्वास्थ्य जाँच

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य जाँच गरेकी छिन् । स्वास्थ्य जाँच गर्न भण्डारी आज विहान त्रिभुवन शिक्षण अस्पताल टिचिङ महाराजगञ्ज पुगेकी थिईन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि भण्डारी टिचिङ पुगेको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

उनले भने ‘कुनै समस्या भएर होइन नियमित परीक्षणका लागि जानुभएको हो । उहाँ प्राय: सरकारी अस्पतालमै परीक्षण गराउनु हुन्छ’ ।  भण्डारी बिहान स्वास्थ्य परीक्षण गरेर शितलनिवास फर्कि सकेकी छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार