कोरोना अपडेट: थप ३ हजार ४२१ जनामा संक्रमण, २५ जनाको मृत्यु

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । यसैबिच सोमबार थप ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १२ हजार २४० पिरिआर परिक्षणका क्रममा २ हजार ३ सय ९१ र ५ हजार ३२ एन्टीजेन परिक्षणका क्रममा १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३८ हजार ९१८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ७ सय ३८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ६ सय ८६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ४५ हजार ३०१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा ३५ लाख ५१ हजार ३२३ वटा पिसिआर र २ लाख ९४ हजार ७६१ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार