चीनले दिएको ८ लाख डोज कोरोना भ्याक्सिन काठमाडौं आइपुग्यो

चीन सरकारले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको खोप भेरोसेल सोमबार बिहान काठमाडौं आइपुगेको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाजबाट आठ लाख डोज कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा सो खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन् । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ ।

खोपलाई प्रयोगमा ल्याउन भने केही दिन लाग्ने जनाइएको छ । सरकारले आपतकालीन प्रयोगको अनुमति दिए पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अनुमति दिइसकेको छैन । डब्लुएचओको अनुमतिपछि मात्र खोप प्रयोगमा ल्याइने भएको छ । अहिले नेपालमा साढे पाँच लाख मात्रा खोप बाँकी छ । यो खोप बैशाख ७ गतेदेखि पहिलो डोज लगाइसकेकालाई दोस्रो डोज दिन प्रयोग गरिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार