तटस्थ बस्ने निर्णयबारे चौधरीले भने- पक्ष र विपक्षमा सनाखत गर्न मेरो नैतिकताले दिएन

महन्थ ठाकुरलाई दिए भिष्म पितामहको संज्ञा

जसपा आधिकारिता विवादमा सनाखतका लागि डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुर्‍याइएका रेशम चौधरी तटस्थ बसेका छन् । उनले आफू पार्टीको बफादार सिपाही भएकाले कसैको पक्ष र विपक्षमा उभिन आफूलाई नियत र नैतिकताले नदिएको बताउँदै तटस्थ बसेको बताएका छन् ।

आयोगबाट बाहिरिँदै उनले सञ्चारकर्मीहरुलाई भने,’आज जेलबाट निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन । मेरो लागि पक्ष र विपक्ष दुवै जसपा हो ।’

उनले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई भिष्म पितामहको संज्ञा दिए । उनलाई अहिलेको अवस्थाबारे सबै थाहा हुँदाहुँदै पनि यो अवस्था हुन पुगेको बताए । उनले पार्टी एक हुनुपर्छ भन्ने धारणा राख्नुपर्ने बताए ।

चौधरीले नबोल्ने मान्छेले न्याय नपाउने रहेछ भन्दै आफ्नो रिहाइका लागि आग्रह गरे । हात जोड्दै उनले भने,‘ न्याय न्याय न्याय ।’

५१ सदस्सीय जसपा केन्द्रीय कार्यकारिणी सदस्यमा ३४ जनाले अध्यक्ष उपेन्द्र यादवको पक्षमा खुलेका छन् भने महन्थ ठाकुरको पक्षमा १६ जना र चौधरी तटस्थ बसेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार