जसपाको हेड काउन्ट : उपेन्द्र यादवको पक्षमा बहुमत जुट्यो

जसपामा उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीच अधिकारिताको विवाद लगभग सल्टिएको छ । विवादमा उपेन्द्र यादवको पक्षमा बहुमत जुटेको दाबी गरिएको छ ।

निर्वाचन आयोगले आइतबार सुरु गरेको ‘हेड काउन्ट’ मा उपेन्द्र यादव पक्षमा बहुमत जुटेको दाबी गरिएको छ । ५१ जना सदस्य रहेको कार्यकारिणी समितीका ३४ जनाले यादव पक्षमा हस्ताक्षर गरेको बताइएको छ ।

साथै यादव समूहले आफ्नो पक्षमा अझै अरु नेताहरुले हस्ताक्षर गर्न बाँकी नै रहेकाले आफूहरुको पक्षमा बहुमत रहेको बताएका छन् ।

जसपामा लामो विवाद देखिएपछि पार्टीको आधिकारिकता कुन पक्षले पाउने भन्ने विषयको निरुपण आयोगले आज ‘हेड काउन्ट’मार्फत गरिरहेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार