अर्घाखाँचीका वडा अध्यक्ष भुसालको कोरोनाका कारण मृत्यु

कोरोना संक्रमणका कारण अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको मृत्यु भएको छ । वडाअध्यक्ष भुसालको काठमाडौंको हेम्स अस्पतालमा उपचारको क्रममा ६१ वर्षको उमेरमा आइतबार मृत्यु भएको हो ।

कोरोना सक्रमण भएपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा अवस्था गम्भीर बनेपछि उनलाई आइतबार नै हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको थियो । स्थानीय जनता कृष्ण माध्यमिक विद्यालयको लामो समय प्रध्यानाध्यापक रहेर अध्यापन पेशा गरेका भुसाल शिक्षक पेशाको अवकासपछि नेकपा एमालेबाट वडाअध्यक्ष पदमा निर्वाचित भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार