नेपालमा थप २ हजार २ सय ३७ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

नेपालमा आइतबार थप २ हजार २ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १० हजार ५६९ पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय ३९ र ३ हजार २ सय ६५ एन्टीजेन परिक्षणका क्रममा ६९८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मनत्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेल जानकारी दिए । यो संगै कोरोना संक्रमितको संख्या ७ लाख ३४ हजार ७ सय ९९ पुगेको छ ।

त्यस्तै थप १८ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रवक्ता डा.पौडेलका अनुसार हालसम्म नेपालमा ९ हजार ७ सय १३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २ हजार ५० जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ४३ हजार ६१५ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३९४, प्रदेश २ मा ६६ तथा बागमती प्रदेशमा ६९५ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा २३२, लुम्बिनीमा १०७, कर्णालीमा २६ र सुदूरपश्चिम प्रदेशमा १९ जना कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस्तै अहिलेसम्म नेपालमा ३५ लाख ३९ हजार ८३ वटा पिसिआर परिक्षण तथा २ लाख ८९ हजार ७२९ वटा एन्टीजेन परिक्षण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार