बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक, माधव नेपाल पनि सहभागी

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरेका हुन् ।

बैठकमा सत्ता गठबन्धन दीगो बनाउने, मन्त्रिपरिषद् विस्तार तयारी, समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ । सरकार गठन भएको एक हप्ता भन्दा बढी समय भइसकेको र प्रधानमन्त्रीले विश्वासको मत लिइसकेको अवस्थामा पनि मन्त्रिपरिषद विस्तार हुनसकेको छैन ।

यस्तै बैठकमा एमाले वरिष्ठ नेता माधव नेपाल पनि सहभागी छन् । यसअघि भएका गठबन्धनको बैठकमा नेपाल उपस्थित थिएनन् । सर्वोच्च अदालतले फैसला गरेपछि आफू गठबन्धनमा नरहने उनले बताएका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार