फणिन्द्र देवकोटालाई माओवादी केन्द्रले कारबाही गर्न मिल्दैन: नेसपा

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई आफ्नो दलका सांसद फणिन्द्र देवकोटाले विश्वासको मत दिएको कुरा संविधानबमोजिम नै रहेको दाबी गरेको छ ।

नेसपाका प्रवक्ता कृष्ण शर्माले आज एक विज्ञप्ती जारी गर्दै पाण्डेले दिएको विश्वासको मतलाई लिएर फ्लोस क्रस भनि गरिएको प्रचारप्रति पनि आपत्ति जनाएका छन् ।

देवकोटा नेसपाकै उम्मेदवार रहेको र निर्वाचन आयोगले पनि जितपश्चात् नेसपाकै सांसद भनेर प्रमाणपत्र दिएको शर्माको दाबी छ ।

आफ्नो चुनाव चिह्न (गोलाकार भित्रको हँसिया हथौडा) लिएर उठेका देवकोटाले माओवादी संसदीय दलको ह्विप उल्लंघन गरेको भन्दै कारबाही गर्न माओवादीभित्र बहस छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार भारतबाट स्वदेश फर्कनेक्रममा पार्टीको ह्विप उल्लंघन गर्नेलाई कारबाही गर्ने प्रतिक्रिया दिएका थिए ।

तर नेसपाले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी मुख्यमन्त्रीलाई विश्वासको मत दाबी गरेको छ ।

यस्तो छ विज्ञप्ती:

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार