मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता

पूर्वी अफ्रिकी देश मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान सम्पर्कविहीन भएको बताएका छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाइएको छ ।

बीबीसीका अनुसार विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो । उक्त विमानमा उपराष्ट्रपतिबाहेक अन्य नौ जना सवार थिए । ५१ वर्षीय चिलिमा मलावी सेनाको हवाईजहाजमा थिए । उक्त हवाईजहाज स्थानीय समयअनुसार ९ः१७ बजे (नेपाली समय अनुसार दिउँसो १ बजे) राडारसँग सम्पर्कविच्छेद भएको थियो ।

रिपोर्टहरुका अनुसार विमान आफ्नो गन्तव्य म्जुजुमा अवतरण गर्न असफल भयो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार