यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

चालू आर्थिक वर्षको १० महिनामा महंगी, आयातनिर्यात घटेको छ भने नेपाल भित्रिने रेमिट्यान्स उल्लेख्य रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा प्रमुख सूचकहरु सुधारात्मक देखिएका छन् ।

बैंकका अनुसार वैशाख मसान्तसम्म आयात २.४ प्रतिशतले, निर्यात ३.६ प्रतिशतले र वस्तु व्यापारघाटा २.३ प्रतिशतले घटेको छ । तर रेमिट्यान्स १९.२ प्रतिशत र विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले बढेको छ। यो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा पनि बढेको छ ।

यस्तो छ देशको प्रमुख वित्तीय सूचकको अवस्था :

१० महिनामा भित्रियो १२ खर्ब रेमिट्यान्स

चालु आर्थिक वर्ष (आव) को १० महिना अर्थात् वैशाख मसान्तसम्म झण्डै १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकको वर्तमान प्रतिवेदनअनुसार चालु आवको १० महिनामा नेपालमा ११ खर्ब ९८ अर्ब रेमिट्यान्स भित्रिएको हो ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा १९.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकको प्रतिवेदनअनुसार नेपालमा साढे १२ महिनालाई वस्तु तथा सेवा धान्न पुग्ने वैदेशिक मुद्राको सञ्चिति भएको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भई २०८१ वैशाख मसान्तमा १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको हो ।

‘आर्थिक वर्ष २०८०-८१ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ’, राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ ।

विदेशी विनिमय सञ्चिति पुग्यो साढे १९ खर्ब

मुलुकको विदेशी विनिमय सञ्चिति बढेर साढे १९ खर्ब रुपैयाँ हाराहारी पुगेको छ । केन्द्रीय बैंकsf अनुसार २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको थियो । यो परिमाणमा २६.२ प्रतिशतले वृद्धि भई २०८१ वैशाखमा १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

तथ्यांक अनुसार विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा हिसाब गर्दा २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड थियो । २०८१ वैशाख मसान्तमा २४.२ प्रतिशतले बढेर १४ अर्ब ५४ करोड डलर पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड थियो । २०८१ वैशाख मसान्तमा २८ प्रतिशतले वृद्धि भई १७ खर्ब २२ अर्ब २ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड थियो । २०८१ वैशाख मसान्तमा १३.८ प्रतिशतले बढेर २ खर्ब २० अर्ब ३८ करोड कायम भएको छ ।

२०८१ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत छ ।

सञ्चिति पर्याप्तता सूचक

राष्ट्र बैंकका अनुसार चालु आव २०८०/८१ को १० महिनाको आयात आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८१ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपात क्रमशः ३४ प्रतिशत, १०५.३ प्रतिशत र २९.२ प्रतिशत छ । २०८० असार मसान्तमा यी अनुपात क्रमशः २८.८, ८३.० र २५ प्रतिशत थियो ।

महँगी साढे ४ प्रतिशत

नेपाल राष्ट्र बैंकले गत वैशाखमा महँगी करिब साढे ४ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको छ । गत वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत छ ।

राष्ट्र बैंकका अनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २३.११ प्रतिशत, दाल तथा गेडागुडी १०.८५, मरमसला ८.९८, खाद्य तथा खाद्यजन्य पदार्थ ७.४२ र चिनी तथा चिनीजन्य वस्तुको ७.२५ प्रतिशतले बढेको छ भने घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ७.१३ प्रतिशतले घटेको छ ।

त्यसैगरी समीक्षा महिनामा गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.२६ प्रतिशत, शिक्षा ५.६४ र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ भने सञ्चार उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.४८ प्रतिशतले घटेको छ ।

वैशाखमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३० प्रतिशत, तराई ४.३२, पहाड ४.७० र हिमालको ४.२२ प्रतिशत छ । अघिल्लो वर्ष सोही महिना ती क्षेत्रको मुद्रास्फीति क्रमशः ७.६८, ७.१५, ७.५७ र ७.१२ प्रतिशत थियो ।

१० महिनामा भुक्तानी सन्तुलन ४ खर्ब बचतमा

चालु आर्थिक वर्षको १० महिना मुलुकको भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) करिब ४ खर्ब बचतमा पुगेको छ । चैत मसान्तमा ३ खर्ब ६५ अर्बले बचतमा रहेको शोधनान्तर स्थिति वैशाखमा ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा पुगेको छ । आयात र निर्यात दुवै व्यापारमा देखिएको शिथिलताले व्यापार घाटामा भएको कमी तथा रेमिट्यान्समा देखिएको उल्लेख्य वृद्धिले चालु आर्थिक वर्षको सुरुवतादेखि नै शोधनान्तर बचत लगातार बढ्दै गएको छ ।

गत आर्थिक वर्षको वैशाख शोधनान्तर स्थिति मसान्तमा २ खर्ब ९ अर्ब ४९ करोडले बचतमा रहेको थियो । यस्तै चालु खाता बचत करिब २ खर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको १० महिनामा करिब ६४ करोडले घाटामा रहेकोमा चालु आवको सोही अवधिमा १ खर्ब ९३ अर्ब २५ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाले बचतको ब्याजदर घटाउँदा समेत चालु खाता बचतमा हुँदा निक्षेप उललेखय रुपमा बढेको छ । यस अवधिमा पूँजीगत ट्रान्सफर १७।२ प्रतिशतले कमी आई ५ अर्ब २६ करोड कायम हुँदा खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ९८ करोडले धनात्मक रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ६ अर्ब ३६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोडले धनात्मक रहेको थियो ।

आयातनिर्यात घट्यो 
आर्थिक वर्ष २०८०/८१ को दश महिनामा बस्तु आयात र निर्यात दुवै घटेको छ। राष्ट्र बैंकका अनुसार यो अवधिमा कुल वस्तु निर्यात ३.६ प्रतिशतले कमी आई १ खर्ब २६ अर्ब १७ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २४.५ प्रतिशतले कमी आएको थियो। 

सोही अवधिमा वस्तु आयात २.४ प्रतिशतले कमी आई १३ खर्ब ३ अर्ब ३६ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.८ प्रतिशतले कमी आएको थियो। 

कर्जा प्रवाह ४.७ प्रतिशतले बढ्यो
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब २५ अर्ब २४ करोड अर्थात् ४.७ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ५३ अर्ब १७ करोड अर्थात ३.३ प्रतिशतले बढेको थियो।

वार्षिक विन्दुगत आधारमा २०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ।

२०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.९ प्रतिशत र ३६.१ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.७ प्रतिशतले, विकास बैंकहरुको ३.९ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.३ प्रतिशतले बढेको छ।

२०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६८.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ। २०८० वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.१ प्रतिशत र ६७.३ प्रतिशत रहेको थियो।

कहाँ कति विस्तार?
आर्थिक वर्ष २०८०/८१ को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.४ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.८ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.० प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १८.८ प्रतिशतले, नगद प्रवाह कर्जा २५.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ६.८ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १२.६ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४४.७ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत), ट्रष्ट रिसिट (आयात) कर्जा ०.५ प्रतिशतले र हायर पर्चेज कर्जा २१.८ प्रतिशतले घटेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार