प्रभु बैंकका ग्राहकलाई सौराहाका होटल तथा रेस्टुरेन्टमा छुट

प्रभु बैँकका कर्मचारी तथा ग्राहकलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेस्टुरेन्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

छुट्टाछुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेश–५ की प्रमुख सांग्रिला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैँक लि।का कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिले भरिपूर्ण भरतपुर जिल्ला विभिन्न प्राकृतिक छटाले भरिपूर्ण रमणीय पर्यटकीय स्थलका रुपमा चिनिन्छ । सौराहा, मेघौली, कसरा, देवघाटधाम जस्ता रमणीय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरूका लागि उपयुक्त गन्तव्यका रुपमा लिन सकिन्छ ।

विभिन्न देश तथा विदेशबाट यस स्थानमा पर्यटकहरूको आगमन हुने गरेको पाइन्छ । विश्वमै अति दुर्लभ एक सिङ्गे गैँडा, बिभिन्न प्रजातीका चराचुरुङ्गि, मृग जस्ता जङ्गली जनावरहरु एवंम वन तथा वन्यजन्तुहरुको आरक्षणको अवलोकनका निम्ति जिपसफारी, हात्तिसफारी र थारु समुदायको बाहुल्यता रहेको यस नगरीमा उनिहरुको सांस्कृतिक, पुरातात्विक एवंम मौलिक किसिमको नृत्य पर्यटकहरुका लागि मुख्य आकर्णको केन्द्र हो ।

सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैँक लि।का कर्मचारीहरुका लागि आवासमा ८ देखि १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० देखि १५प्रतिशत सम्मका छुट प्राप्त गर्न सकिने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार