यस्ता छन् जीराका फाइदाहरु

जीरा एक यस्तो मसाला हो जसको प्रयोगबिना सायदै कसैको भान्सा पूरा हुन्छ होला । जीरा बिना कुनैपनि परिकारको स्वादलाई कल्पना पनि गर्न सकिँदैन । मसालाको रुपमा प्रयोग हुने जीरालाई अचार, तरकारी वा सुप लगायतमा प्रयोग गर्ने गरिन्छ ।

जीराको धूलो र गेडा दुबै प्रयोग हुन्छ । तर, मसालको रुपमा चिनिने जीरा स्वास्थ्यका लागि कतिको फाइदाजनक छ भन्नेबारे सायदै सबैलाई थाहा हुन सक्छ । आज हामी तीनै जीराको फाइदाबारे चर्चा गर्दैछौं ।

आयुर्वेदीय औषधिको रुपमा प्रयोग हुने जीरामा विभिन्न स्वास्थ्यवद्र्धक गुणहरु हुन्छ । जसले तपाईंको तौल नियन्त्रण गर्नेदेखि विभिन्न रोगको संक्रमणबाट जोगाउने काम गर्छ ।

जीरा पानीको नियमित सेवनले हुने फाइदा :

  • उमालेर खाली पेटमा सेवन गर्नाले तौल कम गर्न मद्दत गर्छ
  • शरीरमा भएको टक्सिनलाई बाहिर निकाल्ने काम गर्छ पाचन प्रक्रियालाई स्वस्थ राख्ने काम गर्छ
  • रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतलाई पनि बढाउने काम गर्छ
  • यसमा एन्टीअक्सिडेन्टस पर्याप्त मात्रामा हुन्छ रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्छ
  • रक्त अल्पत्ताको समस्यामा पनि सहयोगी हुन्छ छालालाई चम्किलो बनाउने काम गर्छ
  • मधुमेह भएका बिरामीका लागि फाइदाजनक तनाव कम गर्छ
  • स्मरण शक्ति बढाउने काम गर्छ

जीरामा पाइने पोषक तत्त्व :

७.८८ क्यालोरी

०.३७ ग्राम प्रोटिन

०.४७ ग्राम फ्याट

०.९३ ग्राम कार्बोहाइडट्रेट्स

१९.६ मिलिग्राम क्याल्सियम

१.३९ मिलिग्राम आइरन

७.६९ मिलिग्राम म्याग्नेशियम

जीरा प्रयोग गर्दा र सेवन गर्दा भने सावधानी अपनाउन आवश्यक छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार