संसदीय छानबिन समितिको टीओआरमा चार बुँदे सहमति, प्रधानमन्त्रीले हेरेपछि सार्वजनिक हुने

सहकारीको रहम हिनामिनाबारे छानबिन गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेशमा चार बुँदे सहमति जुटेको छ ।

कानून मन्त्रालयमा बसेको कार्यंदलको बैठकमा टीओआरमा सहमति जुटेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । कार्यदलका सदस्यहरूले चार बुँदे सहमतिमा हस्ताक्षर गरिसकेका छन् ।

उक्त सहमति भने प्रधानमन्त्रीलाई बुझाएपछि मात्र सार्वजनिक गर्ने तयारी गरिएको छ ।

हिजो बालुवाटारमा शीर्ष नेताहरूका बैठकमा भएको सहमति अनुसार नै आज कार्यदलले टीओआरलाई अन्तिम रूप दिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार