पोखराको जाल्पारोडमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

पोखरा महानगरको वडा नम्बर ८, जाल्पारोडमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेका छन् । सोमबार दिउँसो पौने १ बजेतिर जाल्पारोडका एक स्थानीयको घरको गेटमा २/३ दिनको शिशु फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले नवजात शिशु कसैले छाडेर फरार भएको भनी खबर गरेपछि पुगेको प्रहरीले बालकलाई उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाएको छ । शिशु हल्का बिरामी देखिए पनि ठूलो समस्या नरहेको र उपचार भइरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए ।

“कसैले शिशु छाडेर हिडेको भन्ने जानकारी आयो, जन्मेको दुईरतीनमात्र भए जस्तो देखिन्छ,” शर्माले भने, “घटनाको अनुसन्धान जारी छ ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार