प्रतिनिधिसभा बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ । मंगलबार साँझ बस्ने प्रतिनिधिसभा बैठकपछि पत्रकार सम्मेलन गर्न लागिएको प्रमुख सचेतक रमेश लेखकको सचिवालयले जानकारी दिएको छ । 

पत्रकार सम्मेलनमार्फत कांग्रेसले संसदीय समिति गठन, सहमतिलगायत विषय जानकारी गराउने बुझिएको छ । साथै कार्यदलको कार्यादेश, कार्यावधि र कार्यपद्धतिको विषय पनि पत्रकार सम्मेलनमा जानकारी गराइनेछ ।

मंगलबार नै प्रतिनिधिसभाको बैठकबाट संसदीय समिति छानबिन समिति घोषणा हुँदै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार