चारवटा भाषामा बनेको चलचित्रको ट्रेलर सार्वजनिक

नेपाली, अंग्रेजी, तमिल र हिन्दी भाषामा निर्माण भएको चलचित्र ‘बाटोः रोड टु डेथ’को ट्रेलर सार्वजनिक भएको छ ।

थ्रिलर शैलीको ट्रेलरमा जंगलमा रहेको बाटोमा गाडीबाट यात्रा गरिरहेका फरक–फरक पृष्ठभूमिका पात्रहरूले व्यहोरेको समस्यालाई देखाइएको छ । एम्बुलेन्समा सवार नर्स, जंगलमा बसेर हिंस्रक गतिविधि गर्ने एक समूहले मानिसलाई दिएको दुःख ट्रेलरमा देखाइएको छ ।

काठमाडौं फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र मदन थापाको लेखन तथा निर्देशन छ । चलचित्र यही जेठ ३२ गते प्रदर्शनमा आउनेछ । चलचित्र १६ वर्ष उमेरमाथिका दर्शकले मात्र हेर्न पाउनेछन् ।

चलचित्रमा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, विजय आनन्द ताम्राकारलगायत कलाकारको अभिनय छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार