टीओआरमा जुटेको सहमति कांग्रेसद्धारा अनुमोदन, संसदीय छानबिन समिति आजै बन्ने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समिति बनाउने सहमति अनुमोदन गरेको छ ।

बानेश्वरस्थित संसद भवन परिसरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सोमबार प्रमुख दलहरुबीच भएको सहमतिलाई अनुमोदन गरेको हो ।

सत्तापक्ष र प्रतिपक्षबीच सोमबार भएको सहमतिलाई आजको बैठकले अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । “हिजो संघीय संसद्मा भएका मुख्य राजनीतिक दलहरुको बीचमा संसदीय छानबिन समिति गठन गरेर जाने सहमति भयो । त्यसको कार्यादेश के हुने भन्ने पनि सहमति भयो,” लेखकले भने, “कति सदस्यीय हुने, कति अवधि हुने भन्ने सहमति भयो । हामीले निष्कर्षउन्मुख सहमति भयो । हिजोको सहमति अनुमोदन गरिएको छ ।”

समितिमा प्रमुख सत्तासाझेदार दल नेकपा (एमाले)का तर्फबाट समितिमा दुई सदस्य रहनेछन् । यस्तै, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट एकरएक सदस्य रहनेछन् ।

यस्तै कांग्रेसबाट दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट समितिमा एक सदस्य रहनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार