बजेट वक्तव्य दुई घण्टा पछि सर्‍यो

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न आह्वान भएको संघीय संसद्को संयुक्त बैठकको समय सारिएको छ ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरकारको अनुरोधमा दिउँसो ३ बजेसम्मका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।

‘सरकारको अनुरोधमा संयुक्त सदनको बैठक दुई घण्टापछि (दिउँसो ३ बजे) का लागि सारिएको छ,’ संसद् सचिवालयले भनेको छ ।

आजको बैठकमा अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार