अवतरण गर्नासाथ एक विमानमा आगलागी (भिडियो)

अमेरिकाको सिकागोस्थित ओहरे अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड गरिएको एउटा विमानमा आगलागी भएको छ ।

युनाइटेड एयरलाइन्सको उक्त विमान विमानस्थलमा अवतरण गर्नासाथ आगलागी भएको हो । यो घटना क्यामेरामा समेत कैद भएको छ । जसमा विमानको पंखाबाट धुवाँ निस्किरहेको देख्न सकिन्छ ।

युनाइटेड फ्लाइट २०९१ सियाटलका लागि दिउँसो २ बजे उडान भर्ने क्रममा इन्जिनमा आगलागी भएको हो ।

फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) र युनाइटेड एयरलाइन्सले छुट्टाछुट्टै दिएका रिपोर्टअनुसार घटना ट्याक्सीवेमा भएको थियो, जसमा विमानबाट १४८ यात्रु र चालक दलका ५ सदस्यलाई बाहिर निकालिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार