आज पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रूपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला १९ सय २० रूपैयाँमा निर्धारण भएको महासंघले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार