द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच सम्झौता

काठमाडौँस्थित द सोल्टि होटेल ग्रुप र प्रभु बैँकबीच विशेष छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

हिजो प्रभु बैँकका तर्फबाट प्रमुख बजार अधिकृत रबिन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ र सोल्टि होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

द सोल्टि होटेल ग्रुपअन्तर्गत द सोल्टि होटेल एण्ड रिसोर्ट, सोल्टि वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टि वोष्टेण्ड इटहरी, सोल्टि वोष्टेण्ड रिसोर्ट चितवन, सोल्टि वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिला यात्रीनिवास जनकपुरसँग प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरूले सेवा सुविधा लिएबापत विशेष छुट पाउने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार