माल्दिभ्सलाई चीनको पानी उपहार

काठमाडौँ । चीनले माल्दिभ्सलाई तिब्बती हिमनदीहरूबाट १५ सय टन पानी उपहार दिएको छ । जुन दुई महिना भन्दा कम अवधिमा दोस्रो यस्तो दान हो ।

माल्दिभ्स चारैतिर समुन्द्रले घेरिएको छ तर त्यहाँ पिउने पानीको अभाव छ । यसैले माल्दिभ्सका लागि चीनको पानी उपहार विशेष मानिएको छ । माल्दिभ्स सरकारले यसका लागि चीन सरकारलाई धन्यवाद दिएको छ ।

यसअघि मार्च २७ मा चीनले १५ हजार टन पानीको पहिलो खेप माल्दिभ्स पठाएको थियो । यति मात्र होइन, चीनले माल्दिभ्समा मौसम अनुगमन प्रणालीलाई सुदृढ गर्न पनि सहयोग गरिरहेको छ । माल्दिभ्स जलवायु परिवर्तनको मारमा परेको छ र यसको कारण समुद्रको सतह द्रुत रूपमा बढिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार