सन्दीपलाई अमेरिकी दूतावासले दिएन भिसा

क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकामा हुने विश्वकप खेल्न जान रोक लागेको छ । अमेरिका जान लागेका लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेपछि विश्वकप खेल्न रोक लागेको हो ।

सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् । तर, सन्दिप लामिछानेमाथि बलात्कारको अभियोगमा अदालतमा मुद्दा विचाराधिन रहेकाले रोकिएका थिए । लामिछानेमाथि लागेको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत पाटन गएको बुधबार सफाई दिएपनि उनको विश्वकप खेल्ने सपना भने अधुरै रहने देखिएको छ । सन्दिप अदालतबाट सफाई पाएलगत्तै क्यानको निलम्बन फुकुवा भएर विश्वकप खेल्न जाने तयारीमा थिए । यसले नेपाली क्रिकेटप्रेमिहरुलाई समेत निक्कै हौसाएको थियो । त्यसो त अमेरिकाले सन्दिप लामिछानेलाई यसअघि पनि अमेरिका जाने भिषा दिन अस्विकार गरेको थियो । ५ वर्ष अघि क्यारेबियन प्रिमियर लिंग खेल्न जाने योजनासहित नेपालस्थित दुतावासमा भिषा आवेदन दिएका उनलाई दुतावासले भिषा दिन अस्विकार गरेपछि उनको समर्थकले चर्को विरोध जनाएपछि अमेरिकाले सोही दिन बोलाएर भिषा दिएको थियो । यसपटक पनि भिषा आवदेन अस्विकृत भएपछि सन्दिपले सामाजिक सञ्जालमा काठमाण्डौस्थित अमेरिकी दुतावास र क्यानलाई मेन्सन गरेर भिषा अस्विकृत भएको हुनु दुर्भाग्य भएको उल्लेख गरेका छन । उनको प्रतिक्रिया सार्वजनिक भएको २८ मिनेटमा ३० हजार बढि समर्थकले दुतावासको चर्को आलोचनासहित दुःख व्यक्त गरेका छन । अघिल्लो पटक भिषामा पूर्नविचार गरेर फेरि बोलाएर भिषा दिएको अमेरिकाले यसपटक पनि पुर्नबिचार गर्ने सम्भावना भने कायमै छ ।

बलात्कार अभियोगमा मुद्दा खेपेर उच्च अदालतबाट सफाई पाएका सन्दिपको भिषा रोक्नका लागि नेपालमा क्रियाशिल महिलावादीहरुले दुतावासमा उजुरी दिएको समेत बुझिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार