सदनमा कांग्रेसको वेल घेराउ, १५ मिनेटका लागि बैठक स्थगित 

काठमाडौं । सदनमा नेपाली कांग्रेसले नाराबाजी गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसले सहकारीपीडितलाई न्याय दिन माग गर्दै नाराबाजी गरेको हो ।

कांग्रेसका सांसदहरूले ‘संसदीय छानबिन समिति गठन गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘सहकारी ठगलाई कारबाही गर’लगायतका नारा लगाएका छन् ।

संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने कांग्रेसको माग छ । सभामुख देवराज घिमिरेले कांग्रेस सांसदको नाराबाजी चलिरहेका बेला राष्ट्रपतिको पत्र पढेर सुनाउन थालेपछि कांग्रेसका सांसद बेल घेराउमा पुगेका हुन् । उनीहरूले पेलेर जान नपाइने बताए ।

त्यसपछि समामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार