गण्डकी प्रदेशसभा आधा घण्टाका लागि स्थगित

मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन बोलाइएको गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

आइतबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले प्रदेशसभा सदस्यहरुसँग विश्वासको मत मागेका छन् । उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताले धारणा राखेपछि सभामुख कृष्ण धितालले सभा आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार