चारवटा वडाको मतगणना सकिँदा बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि

बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ को मतगणना सकिएको छ ।

पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका दमन भण्डारी दोब्बर मतले अगाडि छन् । उनले १ हजार २६३ मत प्राप्त गर्दा कांग्रेसका अभिशेक सिंहले ६३६ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका जनक बुढाले ३५२ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । यसैगरी एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३१६ मत प्राप्त गरेका छन् ।

बझाङ प्रदेशसभा- १ (१)मा शनिबार सम्पन्न उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार