इलाम-२ मा फाकफोकथुमबाट थालियो मतगणना

इलाम क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । फाकफोकथुङ गाउँपालिकामा रहेका केन्द्रका ब्यालेटबक्स खोलेर मतगणना सुरु गरिएको छ ।

बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही ढिला गरी मत गणना सुरु भएको हो । मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । क्रमशः फाकफोकथुम, चुलाचुली, माङसेबुङ गाउँपालिका र माइ, देउमाइ र इलाम नगरपालिकाको गणना हुनेगरी सर्वदलीय बैठकमा सहमति जुटेको थियो ।

इलाम–२ मा कूल १ लाख १५ हजार ८८९ मतदाता छन् । त्यसमध्ये ६९ हजार २ सय ८७ जना मतदाताले मतदान गरेका छन् । उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसमध्ये ३५ हजार १ सय २५ जना पुरुष र ३४ हजार १ सय ५० जना महिला र अन्य २ जनाले मतदान गरेका छन् ।

१२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार