काठमाडौँमा सुरु भयो तेस्रो लगानी सम्मेलन

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गरेका छन् । सम्मेलनमा एक हजार भन्दा बढी विदेशी सहभागी छन् ।

भोलिसम्म चल्ने सम्मेलनमा विभिन्न प्यानलमा छलफल हुँदैछ । सम्मेलनमा १ सय १३ जना वक्ताले सम्बोधन गर्ने कार्यक्रम छ । दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको अर्थमन्त्री वर्षमान पुनले बताए । यस सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजनाहरु शोकेसमा राखिएको उनले बताए ।

सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागी भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार