जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, बालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव भेटिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको नन्दचोकस्थित होटल होलिडे एण्ड गेस्ट हाउसमा दुईजना युवा-युवती मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत भेटिएकाहरूमा महोत्तरीको पिपरा–३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी–४ की २५ वर्षीया प्रियंका कापर छन् ।

उक्त गेस्ट हाउसको कोठामा मृत भेटिएकी महिलाकी साढे २ वर्षीया छोरी पनि भेटिएकी छन् । उनीहरु दुवैजना ४ दिनदेखि उक्त होटलमा बसेका थिए । तर उनीहरू दम्पती नरहेको पनि धनुषा प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार