प्रहरीले बोकेको पेस्तोल हरायो

बारामा प्रहरीले बोकेको पेस्तोल हराएको छ । प्रहरीका वरिष्ठ सई पूर्ण बिसीले बोकेको पेस्तोल हराएको हो । लागुऔषध अपरेसनमा पुज्य बिसीसहितको टोली खटिएको थियो। सोही समयमा पेस्तोल हराएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए।

वरिष्ठ सई बिसीले बोकेको १० राउण्ड गोली लोड भएको अटोमेटिक पेस्तोल हराएको हो । ‘रातिको ड्युटीमा जाँदा कतै मिसिङ भएको हो। झगडा तथा अन्य कुनै कारणले हराएको होइन,’ उनले भने, ‘उक्त पेस्तोलमा एउटा म्यागेजिन थियो।’ प्रहरीले अहिले उक्त पेस्तोल खोजिरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार