राष्ट्रपति भण्डारीद्वारा सङ्कल्प पूजा

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प पूजा गरेकी छन् । राष्ट्रपति कार्यालयमा बिहीबार राष्ट्रपति भण्डारीले सङ्कल्प पूजा गरेको राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिए ।

विशेष गरेर इन्द्रजात्राको दिन रथमा विराजमान गरी नगर परिक्रमा जात्रा मनाइने जीवित देव देवीहरु उमेर हदबन्दी भए पश्चात् परिवर्तन गर्ने प्रचलन रहिआएकोमा पछिल्लो समयमा जीवित देवता श्रीभैरव (रुजन शाक्य) तथा श्रीगणेश (संवेग शाक्य) समय परिस्थिति र उमेरको हदका कारण युवा अवस्थामा प्रवेश गरेकाले नियमानुसार उनीहरुलाई बिदाइ गरी श्रीगणेश (रोदिन शाक्य) तथा श्री भैरव (कर्सनव शाक्य) नयाँ नियुक्त गरी प्रतिस्थापन गरिएको हो ।

परापूर्वकालदेखि ऐतिहासिक, साँस्कृतिक पर्वको रुपमा मनाइँदै आएको इन्द्रजात्राको अवसरमा जीवित देव दवी गणेश, भैरव तथा कुमारी लाई रथमा विराजमान गराई नगर परिक्रमा गरि जात्रा मनाइने परम्परा रहिआएको छ ।

परम्परा अनुसार जीवित देव, देवताहरु श्रीकुमारी, श्रीभैरव तथा श्रीगणेश प्रतिस्थापन गर्दा राष्ट्रप्रमुख बाट देशमा कुनै विघ्न बाधा तथा सङ्कट नआउन भन्ने हेतुले संकल्प पूजा प्रचलन रहिआएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार