चीनमा आँधीका कारण ११ जना बेपत्ता

चीनको दक्षिणी क्षेत्रमा आँधीबेहरीका कारण ११ जना बेपत्ता भएका छन् । क्वाङतोङ प्रदेशमा बाढीका कारण ११ जना बेपत्ता भएका चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् । प्रभावित क्षेत्रबाट हजारौंलाई सुरक्षित स्थानमा सारिएको छ ।

धेरै भागमा लगातारको भारी वर्षाले ११ जना बेपत्ता भएको स्थानीय आपत्कालीन व्यवस्थापन विभागलाई उद्धृत गर्दै राज्य समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । बाढीको जोखिमबाट बचाउन ६० हजारभन्दा बढी मानिसलाई स्थानान्तरण गरिएको एजेन्सीले जनाएको छ । सोमबार पनि भारी वर्षा जारी रहने अनुमान गरिएको छ । मौसम विज्ञान अधिकारीहरूले ‘क्वाङतोङको तटीय पानीमा आँधीबेहरी र तीव्र हावा’ हङकङ र शेन्जेनलगायत प्रमुख सहरहरूको सिमानामा रहेको समुद्री क्षेत्रमा रहेको पूर्वानुमान गरेका छन् ।

फुजियान, गुइझोउ र गुआङ्सीलगायत छिमेकी प्रान्तहरू पनि ‘अल्पकालीन भारी वर्षा’ बाट प्रभावित हुने राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । क्वाङतोङमा यहाँ करिब १२ करोड ७० लाख मानिस बस्छन् । पर्ल नदीको सहायक नदीहरूमा सोमबार बिहान चेतावनी सीमाभन्दा पाँच दशमलव आठमाथि बाढी आउने सीसीटीभीले रिपोर्ट गरेको छ । पछिल्लो समयमा क्वाङतोङको दक्षिणी प्रान्तमा भारी वर्षा भएकाले नदीहरूको सतह बढ्दा बाढीको त्रास बढेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार