चामलको बोराभित्र लागु औषध ल्याएर बिक्री गर्ने दुईजना पक्राउ

चामलको बोराभित्र लुकाएर लागुऔषध उपत्यका ल्याउने र बिक्री गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरी खडक नगरपालिका-११ का ४७ वर्षीय रामलोचन मुखिया र सोही जिल्लाका बरहथवा नगरपालिका-११ घर भई हाल काठमाडौं बस्ने ४७ वर्षीय कमल अधिकारी छन् ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बिहीबार थानकोट चेक पोष्टमा उपत्यका भित्रिने गाडीहरू चेकजाँच गर्ने क्रममा लागु औषधसहित रामलोचनलाई पक्राउ गरेको हो ।

रामलोचनले लागुऔषध ल्याउने र उपत्यकामा बसेर कमलले बिक्रीवितरण गर्ने गरेको व्युरोको प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार