गहना निकाल्न भन्दै घरभित्र छिरेकी वृद्धाको जलेर मृत्यु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ दारकाट्यामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ ।

आइतबार दिउँसो ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो घरमा सल्किँदा ७० वर्षीया बुदी कामीको मृत्यु भएको हो ।

वडा अध्यक्ष तिलवीर केसीका अनुसार घरमा आगो सल्केपछि घरभित्र रहेका गहना निकाल्न भन्दै घरभित्र छिरेकी कामीको जलेर मृत्यु भएको हो । वन क्षेत्रबाट गाउँतर्फ फैलिएको आगोले तीन वटा घर जलेर नष्ट भएका छन् ।

अहिलेसम्म आगो नियन्त्रण हुन नसकेको वडाध्यक्ष केसीले बताए । स्थानीयवासी र इलाका प्रहरी कार्यालय बाँफिकोटबाट गएको प्रहरी टोलीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ ।

आगलागीबाट थप घरमा समेत क्षति हुने अवस्था छ । घरमा आगलागी हुँदा भएको क्षतीको विवरण भने अझै सघङ्कलन हुन सकिरहेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार