समाजमा नकारात्मक असर पार्ने दृश्य प्रत्यक्ष प्रशारण नगर्न प्रहरीको आग्रह

नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीहरुको प्रकाशन तथा प्रशारण नगर्न आम सञ्चार माध्यामहरुलाई आग्रह गरेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले आइतवार काठमाडौंमा अपराधिक घटनाको समाचार सम्प्रेषण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी समाजमा नकारात्मक असर पार्ने विभत्स दृश्यहरु भ्युज बढाउने नाममा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण नगर्न पनि सचेत गराएको छ ।

उनले भने, ‘यो कुरा दुर्घटनाको कुरा चाहिँ जस्ताको तस्तै आउने कुराहरु, लाइभ गर्ने कुराहरु चाहिँ नआइदिए हुन्थ्यो भन्ने हामी ल इन्फोर्समेन्ट एजेन्सीको अपेक्षा हुँदो रहेछ । यो कुरा चाहिँ सर्वसाधरणमा पनि जाओस् भनेर भनिएको हो । किनकी यस्ता कुराहरु विभत्स दृश्यहरुले गर्दाखेरी मान्छेमा, समाजमा एकदम नकारात्मक असर पर्छ ।’

कार्यक्रममा बोल्दै विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले न्यूनतम मानवीय संवेदनशीलतालाई ख्याल राखेर विभत्स दृश्य लगायतका समाजमा नकारात्मक असर पार्ने कुराहरु जथाभावी प्रकाशन तथा प्रशारण नगर्न सचेत गराए । उनले पक्राउ पर्ने बित्तिकै अपराधी भनेर करार गर्ने काम नगर्न पनि सञ्चार माध्यामहरुको ध्यानाकर्षण गराए ।

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक भावनाको विकास गराउने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई कडा निगरानीमा राखी कारबाही गर्ने कामलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखेको बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक असर पुर्याउने खालका समाचार प्रशारण गर्न उपयुक्त नहुने तर्क समेत गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार