विवाहमा सहभागी भएर फर्किँदा सवारी दुर्घटनामा परि ९ जनाको मृत्यु

भारतको पश्चिमी राज्य राजस्थानमा आइतबार बिहान भएको सडक दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ देखि ३० वर्ष उमेर समूहका पुरुष रहेको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

राजस्थानको झालवार जिल्लामा तीव्र गतिमा गुडिरहेको गाडीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । पीडितहरू छिमेकी राज्य मध्यप्रदेशको विवाहमा सहभागी भई घर फर्किरहेका थिए ।

दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जनाको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटना हुँदा दुर्घटनाग्रस्त गाडीमा १० जना सवार थिए । एक जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि ठूला सवारीसाधनका चालक घटनास्थलबाट फरार भएको र पछि उनलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार