न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछः मन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने बताएका छन् । आइतबार मन्त्री तामाङले पर्यटन विषयमा लेख्ने पत्रकारसँगको छलफल कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले लोमा समयदेखि इन्जिन मर्मतका लागि इजरायलमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सोमबार काठमाडौैं विमानस्थल आउने बताए । उनले इन्जिन मर्मतपछि जहाज नेपाल ल्याउन लागिएको जानकारी दिए । उनले जहाजको इन्जिनमा समस्या आएर लामो समय ग्राउण्डेड हुँदा निगमलाई धेरै घाटा भएको स्वीकार गरे ।

मन्त्री तामाङले जहाज नहुँदा भएका समस्या जहाज मर्मत भएर आएसँगै समाधान हुने विश्वास लिएको बताए । मन्त्री तामाङले आफू मन्त्री भएर आएदेखि जहाज तत्काल बनाएर ल्याउन ताकेता गरेकाले विभिन्न प्राविधिक समस्याका कारण चाँडै आउन नसकेको बताए ।

उनले ढिलै भए पनि सोमबार जहाज मर्मतपछि नेपाल ल्याउन लागिएको बताए । उनले युरोपेली युनियन (इयु) हवाई सुरक्षामा नेपाली वायुसेवालाई त्यहाँको आकासमा सिधा उडान गर्ने कार्ययोजना बनाउने विषयमा अडिग रहेको जानकारी दिए । उनले आकाशमा जुनसुकै देशको जहाज पनि उडान गर्न पाउनुपर्ने बताए । उनले कार्ययोजना बनाउनका लागि सम्बन्धित निकाय, विज्ञहरुसँग छलफल गरी रहेको बताए ।

मन्त्री तामाङले उनले सरकारले मे २९ तारिखका दिन १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सगरमाथाको फेदमा मनाउने योजना बनाएको बताए । उनले विगतमा प्रधानमन्त्रीको उपस्थितिमा मनाउने तयारी भए पनि बजेट लगाएको कारण जान नपाएको भन्दै यो वर्ष जेठ १६ गते परेकाले प्रधानमन्त्रीको सहभागिता रहने जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार