राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे एमालेको जिम्मेवारीबाट अलग

राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।

नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष घिमिरेले आइतबार विज्ञप्ति जारी गरी आफू पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्न पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।

घिमिरेले विज्ञप्तिमार्फत राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानुन र राष्ट्रिय सभा नियमावलीले निर्देशित काम तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् ।

२८ चैतमा घिमिरे राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनलाई माओवादी केन्द्रलगायत सत्ता गठबन्धनका दलहरूले समर्थन गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार