पाँचथरमा टाटा सुमो दुर्घटना हुँदा १४ जना घाइते

मेची राजमार्गको पाँचथर सडकखण्डमा टाटा सुमो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको मे १ ज १९४७ नम्बरको टाटा सुमो आइतबार बिहान पाँचथरको हिलिहाङ गाउँपालिका–७ माथिल्लो सल्लेरीमा दुर्घटना भएको हो ।

प्रहरी चौकी जोरपोखरीका प्रहरी सहायक निरीक्षक किरण राईका अनुसार टाटा सुमो सडकदेखि ६० मिटर तल झरेको छ । गाडीमा सवार १४ जना घाइतेलाई उद्धार गरेर जिल्ला अस्पताल पाँचथर, फिदिममा ल्याइएको छ ।

पाँचथर अस्पतालले सात जनालाई थप उपचारका लागि झापा रिफर गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार