अस्वस्थ भएपछि प्रतिनिधि परिषद्‍ बैठकबाट बाहिरिए ओली

ललितपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । ललितपुरको गोदावरी जारी एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुने क्रममा अस्वस्थ भएपछि ओली बाहिरिएका हुन् ।

ओली बिरामी परेर कार्यक्रमबाट बिदा भएपछि वरिष्ठ उपाध्यक्ष इश्वर पोखेलले अध्यक्षता गरेर बैठक अघि बढाएका छन् । ओलीलाई रुघाखोकी लागेको महासचिव शंकर पोखरेलले बताएका छन् ।

अध्यक्ष ओली बाहिरिए पनि प्रतिनिधि परिषद्को बैठकमा छलफल जारी छ । ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि बनाइएका ६ वटा समूहले अहिले आफ्नो निष्कर्ष सुनाइरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार