मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु

तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिका–५ दागपामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु भएको छ।

गएराति साढे ७ बजे स्थानीय कालुबहादुर लिम्बुको ८ वर्षीय छोरा सुदिप लिम्बुलाई आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते भएका बालकको उपचारको लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार