शीर्ष स्थानमा उक्लियो आर्सनल

इङ्ग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

शनिबार राति भएको खेलमा घरेलु टोली वुल्भ्सलाई २–० ले हराउँदै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।खेलको ४५औँ मिनेटमा ग्राभियल जिससको पासमा लियान्द्रो ट्रोससार्डको गोलमा आर्सनलले सुरुवाती अग्रता बनाएको थियो ।

पहिलो हाफमा १–० ले अग्रता बनाएको आर्सनलले दोस्रो हाफको इन्ज्युरी समयमा थप १ गोल गर्‍यो।

इन्ज्युरी समयमा मार्टिन ओडेगार्डले गरेको गोलले आर्सनलको जित सुनिश्चित गर्‍यो । यो जितसँगै आर्सनलले ३३ खेलबाट ७४ अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७३ र लिभरपुलको ७१ अंक छन् ।

गएरातिकै अर्को प्रतिस्पर्धामा ब्रेन्टफर्डदे लुटनलाई ५–१ ले र अर्को खेलमा बर्नलीले सेफिल्ड युनाइटेडलाई ४–१ ले हराएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार