दाउराको निहुँमा विवाद हुँदा भाइको कुटपिटबाट दाजुको मृत्यु

संखुवासभाको सभापोखरीमा भाइको कुटपिटबाट दाजुको मृत्यु भएको छ ।

सभापोखरी गाउँपालिका–३ एथुम्बु ३८ वर्षीय भाइ प्रवीण राईको कुटाइबाट ४१ वर्षीय दाजु सनमान राईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुका अनुसार शुक्रबार राति घरायसी विवादमा भाइ प्रवीणले सनमानलाई कुटेका थिए । सलमान कान नसुन्ने र बोलीसमेत नआउने अपांगता भएका व्यक्ति थिए ।

भाइको कुटपिटबाट सनमानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘उनीहरुबीच आफ्नै घरको आँगनमा राखेको दाउराको विषयमा विवाद हुँदा घटना भएको देखिन्छ,’ प्रहरी निरीक्षक जबेगुले भने, ‘भाइले कुटपिट गरी धकेल्दा आँगनमा लडेका सनमानको टाउको आँगनमा बिछ्याएको ढुंङ्गामा ठोकिँदा उनको मृत्यु भएको हो ।’

कुटपिटमा संलग्न प्रवीणलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल संखुवासभामा राखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार