भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

शनिबार दिउँसो चाँगुनारायण नगरपालिका ७ भद्रकालीमा बागमती प्रदेश ०२ ०२५ प १४०१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुघटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकको पछाडि सवार ओखलढुङगाको माने भन्ज्याङ गाउँपालिका घर भइ हाल भक्तपुरकै चाँगुनारायण नगरपालिका ७ खरिपाटीमा डेरागरी बस्ने वर्ष ४० को रामराज राईको मृत्यु भएको हो । मोटरसाइकल खरिपाटीबाट कमलबिनायकतर्फ आउँदै गरेको प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका राईलाई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएको थियो । उपचारको क्रममा शनिबार साँझ उनको मृत्यु भएको हो ।

दुर्घटनापछि मोटरसाइकल चालक उदयपुरको गाईघाट घर भई हाल भक्तपुरको खरिपाटी बस्ने २४ वर्षीय अबिन कुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार