गुल्मीको इस्मामा वनमा लागेको आगो बस्तीमा फैलिँदा ३८ घरगोठ जले

गुल्मी । गुल्मीका विभिन्न जङ्गलमा लागेको आगलागी गाउँमा पस्दा घर गोठमा क्षति पुगेको छ । गुल्मीको इस्मा गाउँपालिका र गुल्मी दरबार गाउँपालिकाका सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि  १३ घर र २५ गोठ जलेर नष्ट भएका छन् ।घरगोठ जल्दा ४० भन्दा बढी भैंसी तथा बाख्रा पनि जलेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलका अनुसार इस्मा गाउँपालिका सिदुङ्खा रानी सामुदायिक बनमा लागेको आगो बस्तीमा पुग्दा केही घरगोठ जलेर जलेर नष्ट भएको छ । आगलागीमा दुई जना घाइते भएका छन् ।

इस्मा गाउँपालिकाको वडा नम्बर १ र २ का सामुदायिक वनमा लागेको आगो बस्तीमा पुगेको थियो । उजुङमा लागेको आगलागीबाट अन्दाजी १९ वर्षीय ट्याक्टर चालक हिमाल राना र जेसिबी चालक २१ वर्षीय प्रेम राना घाइते भएका छन् । उनीहरूको हात, खुट्टा र अनुहारमा जलेको अवस्था छ । घाइतेको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, इस्मा गाउँपालिका–४ बर्लेघाट सामुदायिक वनमा र वडा नम्बर ४ चौया मखन्ने सामुदायिक वनमा लागेको आगो बस्तीमा आउँदा पशुचौपाय मरेका छन् भने घर गोठ जलेर क्षति भएको छ । साथै, गुल्मी दरबार गाउँपालिका वडा नम्बर ३ उरिङ्डाँडास्थित शीतल सामुदायिक बनमा भएको आगलागी बस्तीमा आउँदा क्षति भएको छ ।

आगलागी नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय गुल्मी, सशस्त्र प्रहरी बल गुल्मी र रामवाण गुल्म गुल्मीको टोली खटिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार