सानो दल भनेर अपमान गरे उथलपुथल ल्याइदिने नेपालको चेतावनी

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो दललाई सानो दल भनेर अपमान गरे देशमा अर्को उथलपुथल ल्याइदिने चेतावनी दिएका छन् ।

शनिबार गृहजिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टीस्थित लालबकैया नदीमा नवनिर्मित मधेस प्रदेशकै सबभन्दा दोस्रो लामो झोलुङ्गे पुलको उद्घाटन गर्न पुगेका अध्यक्ष नेपालले सत्ता गठबन्धनप्रति लक्ष्य गर्दै त्यस्तो चेतावनी दिएका हुन् ।

‘हामी कसैको दास होइनौँ र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौँ । त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्‍यो भने उसले ठूलो मूल्य चुकाउनुपर्छ’, उनले भने, ‘हाम्रो आफ्नै स्वाभिमान र महत्त्व छ, त्यसैले यो कुरा बुझ्यो भने ठीक छ, नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार