एमाले स्थायी समिति बैठक जारी, नेपाल पक्ष र वामदेव गौतम अनुपस्थित

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा जारी बैठकमा माधव नेपाल पक्ष अनुपस्थित रहेका छन् ।

त्यस्तै पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन् । उनी बालुवाटरमा आयोजना भएको केन्द्रीय कमिटी बैठकमा भने उपस्थित भएका थिए । बैठकमा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुको भने उपस्थिति रहेको छ ।

बैठकमा प्रतिनिधि सभा विघटन र उक्त मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलामा पार्टीको आधिकारिक धारणाबारे आजको बैठकमा छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेका थिए ।

सर्वोच्चले उक्त विघटनलाई बदर गरिदिएको छ । पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते दिउँसो ४ बजे बस्दैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार