एमालेको हीरक महोत्सवमा प्रचण्ड र देउवा विशेष वक्ता, माधव -विप्लवसम्मलाई निम्तो

नेकपा एमालेले नेकपा स्थापना दिवसका अवसरमा हीरक महोत्सव बनाउने भएको छ ।

पार्टी स्थापना दिवसको अवसरमा वैशाख १० गते विशेष समारोहमा आयोजना गर्न लागिएको एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

उनका अनुसार आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा बोलाइएको छ ।

त्यस्तै तत्कालिन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादबलाई पनि एमालेले आजै निम्ता दिएको छ भने नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बावुराम भट्टराई, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, मोहन वैधलगायतलाई निम्तो दिनेक्रम जारी रहेको भट्टराईले जानकारी दिए ।

कार्यक्रममा एक जना विशिष्ट व्यक्तित्वलाई विशेष सम्मान ‘गणतन्त्र गौरव’ बाट सम्मान गर्ने तयारी रहेको पनि बताए ।

यता राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डा लिएर संसद्मा प्रतिनिधित्व गर्ने राप्रपालाई पनि एमालेले कार्यक्रममा बोलाउने एमालेको तयारी छ । राप्रपासँग सांगठनिक र राजनीतिक विचार नमिलेपनि एमालेसँग विगतदेखि नै नजिक रहँदै आएको छ ।

यसैबीच नेकपा एमालेले शनिबारबाट महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आयोजना गर्दैछ। गोदावरीको सनराइज हलमै हुने क्रार्यक्रममा दुई हजार ४५४ प्रतिनिधि सहभागी हुनेछन् ।

एमालेको दसौं महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी थिए । ती सबै महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा सहभागी हुनेछन् । यसका अतिरिक्त केन्द्रीय निकायका सदस्यहरू गरी दुई हजार ४५४ प्रतिनिधि रहनेछन् ।

आइतबारसम्म चल्ने परिषद् बैठकमा ६ वटा दस्तावेज प्रस्तुत हुनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार