एसिसी प्रिमियर कप : सेमिफाइनलमै रोकियो नेपाल, अब तेस्रो स्थानका लागि खेल्ने

एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको साविक विजेता नेपाल सेमिफाइनलमै रोकिएको छ ।

शुक्रबार ओमानको अलअमेरतमा भएको पहिलो सेमिफाइनलमा नेपालमाथि युएईले ६ विकेटको जित निकाल्दै फाइनल यात्रा तय गरेको छ ।

पराजित भएको नेपाल सन् २०२५ मा हुने एसिया कपमा छनोट हुन असफल भएको छ । नेपालले दिएको १२० रनको सामान्य लक्ष्य युएईले १७.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

अब नेपालले तेस्रो स्थानका लागि हङकङ र ओमानबीचको खेलमा पराजित हुने टोलीसँग खेल्नेछ ।

यूएईसँगको हारले नेपालको एसिया कप खेल्ने चाहना पनि अधूरै रहेको छ । नेपालले अब टी–२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा वेष्ट इन्डिजसँग पाँच खेलको टी–२० सिरिज खेल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार